मृतकका परिवारलाई आर्थिक सहयोग

काठमाडौं,साउन २०
गल्याङ नगरपालिकाले पहिराले घर भत्किँदा मृत्यु भएका परिवारलाई रु एक लाख सहयोग गरेको छ । गल्याङ–१० गाउँस्वारामा पहिरामा परेर मृत्यु भएकी मायाकुमारी सारुको परिवारलाई नगर प्रमुख भूपराज अधिकारीले सो आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।
उनले भने, “प्रकृतिले निम्त्याएको विपद्लाई रोक्न कसैले रोक्न सक्दैन । विपद्ले सिर्जना गरेको पीडालाई कम गर्न नगरपालिकाले सक्दो सहयोग गर्छ ।” यही साउन ७ गते घरमाथिबाट खसेको पहिराले घर भत्किँदा सारुको पुरिएर मृत्यु भएको थियो भने उनकी छोरी नारायणी घाइते भएकी थिइन् ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्