एपीएफ टोलीद्वारा करीब ४३ के.जी. ६ सय ग्राम गाँजा बरामद
काठमाडौं,भदौ ७
बाराको पचरौता नगरपालिका ९ स्थित कालाबन्जरबाट भाद्र ५ गते एपीएफ टोलीले करीब ४३ के.जी. ६ सय ग्राम गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस तेलकुवाबाट खटिएको एपीएफ टोलीले उल्लेखित गाँजा बरामद गरेको हो ।
गाँजा लिएर जाँदै गरेका व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त गाँजा सोही ठाउँमा छाडेर भागेपछि बरामद गरिएको हो । बरामद गाँज जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको सशस्त्र प्रहरी नायव उपरिक्षक अजय छतकुलीले बताए ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्