Techie IT
मंगलबार, असोज ६,२०७७

प्रशिक्षक राईको निधन


काठमाडौँ, साउन २०
सल्यान जिल्ला खेलकूद विकास समितिअन्तर्गत एथलेटिक्सका सहायक प्रशिक्षक रवीनकुमार राईको निधन भएको छ । ब्रेन ट्युमरबाट पीडित ५२ वर्षीय राईको सोमबार राति भक्तपुरस्थित काठमाडौँ क्यान्सर सेन्टरमा निधन भएको हो । प्रशिक्षक राईको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको नेपाल एथलेटिक्स सङ्घका सचिव आरके विष्टले जानकारी दिए । उनी गत वर्ष चैतमा उपचारका लागि सल्यानबाट काठमाडौँ आएका थिए । राई २०५२ सालमा एथलेटिक्सको सहायक प्रशिक्षकका रुपमा सल्यानमा नियुक्त भएको हो ।

उनको गत वैशाख अन्तिम साता काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा शल्यक्रिया गरिएको सचिव विष्टले बताए । “सङ्घकै पहलमा राईको उपचारका लागि हामीले रु. १० लाखभन्दा बढी सहयोग जुटाएका थियौँ”, उनले भने । प्रशिक्षक राईलाई गत जेठको पहिलो सातादेखि काठमाडौंँ क्यान्सर सेन्टरमा भर्ना गरिएको थियो । सल्यानमा निरन्तर प्रशिक्षणमा संलग्न राईले राष्ट्रियस्तरका खेलाडी उत्पादन गरेको सङ्घका सचिव विष्टले राससलाई बताए । राईका एक छोरा, एक छोरी र श्रीमती छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्