Techie IT
बिहीबार, मंसीर १८,२०७७

आईसोलेन सेन्टरमा चिकित्सकको काम स्विपरबाट


काठमाडौ भदौ ६

प्रदेश दुई सरकारले धनुषाको गंगुलीमा निर्माण गरेको सुविधासम्पन्न आईसोलेशनमा स्विपरले कोरणा संक्रमणको स्वास्थ्य परिक्षण गर्ने गरेको पाईएको छ । करोडौको खर्चामा संचालनमा रहेको धनुषाको नगराईन नगरपालिका–५ गंगुलीस्थित मिथला आयुर्वेद मेडिकल कलेजको भवनमा समयमा चिकित्सकको उपस्थिती नभएपछि स्विपर नै चिकित्सकको काम गर्ने गरेका हुन् । आइसोलेसन सेन्टरको व्यवस्थापन पक्षले बिरामीको स्वास्थ्य परिक्षण गर्नका लागि स्विपरलाई भित्र पठाएको बताए ।

उनले भने,‘चिकित्सकहरु डरले भित्र आउँदैनन् । बिरामीको स्वास्थ्य अवस्था बुझ्नुपरे त्यहाँ कार्यरत स्विपरलाई पीपीई लगाएर भित्र पठाइन्छ ।’ सामाजिक विकास मन्त्रालयको निगरानीमा प्रदेशस्तरीय उक्त आइसोलेसन सेन्टर पहिला क्वारेन्टाईनको रुपमा संचालित थियो । विरामीहरुको संख्यामा बृद्धि भएपछि उक्त क्वारेन्टाईनलाई आईसोलेसन सेन्टरका रुपमा स्थापना गरी अहिले दर्जनौ कोरोना पोजेटिभ विरामीको उपचार भईरहेको छ

दुई नम्बर प्रदेशमा भएको केही आईसोलेशन सेन्टरलाई छाडेर प्रायः सबै नाम मात्रको आईसोलेशन सेन्टर छन् । विभागिय मन्त्री भन्दा पनि उनका छोरा हावि हुने हरेक खरिदमा भ्रष्टाचारको आशंकामा अख्तियारले छानवीन गरिरहेको छ । दैनिक पत्रकार सम्मेलनको नाउँमा दैनिक ५० हजार खर्च एउटा मिडियालाई सम्झौता गर्ने सामाजिक विकास मन्त्रीले आईसोलेशनको व्यवस्थापन का लागि झाडु लगाउने स्विपरलाई पिपिई सेट लगाएर ज्वरो नाप्ने काममा लगाएका छन् जसलाई पढ्न लेख्न समेत आउदैन । यसरी जनस्वास्थ्य माथि खेलवाड गरि सरकारी रकम दुरुपयोग गर्ने हक कसैलाई पनि छैन ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्