नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण, ३१ हजार ११७ पुगे संक्रमित !

काठमाडौं,भदौ ६
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा शनिबार थप ६ सय ३४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना गरी काठमाडौं उपत्यकामा २ सय १६ जनामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।
गत २४ घण्टामा जम्मा १ सय २४ जना उपचारपछि डिस्चार्ज भएका छन्। हालसम्म १८ हजार ३ सय ५० जना डिस्चार्ज भएका छन्। विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।सुनसरीका २ जना, पर्साका ३ जना, बाराका १ जना, सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जना गरी ९ जनाको मृत्यु भएको हो । यो वृद्धिसँगै कोभिड -१९ बाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्