अवरुद्ध सडक सञ्चालनमा

काठमाडौं,भदौ ६
सुक्खा पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ८ः१० बजेदेखि सडक सञ्चालनमा आएको हो ।
इच्छाकामना गाउँपालिका–५ को ३ नं पुल नजीक गएराति सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरो खसेसँगै रोकिएका अत्यावश्यक सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।रासस
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्