Techie IT
सोमबार, वैशाख ६,२०७८

अर्थमन्त्री विष्णु पौडेल माथि मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीयद्वारा ढुङ्गामुढा प्रहार


वुटवल । केपी शर्मा ओली नेतृत्वका अर्थमन्त्री बिष्णु पौडेलमाथि मोतीपुर औद्योगिक क्षेत्रमा औद्योगिक क्षेत्र प्रभावित स्थानीयले नाराबाजी र ढुंगा प्रहार गरेका छन् ।

ठूलो सुरक्षा घेराबीच मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि उनले भाषण गर्न थालेपछि स्थानीयले स्टेजतर्फ ढुंगा प्रहार गर्दै उनीविरुद्ध नाराबाजी गरेपछि दुई मिनेट पनि भाषण नगरी कार्यक्रम टुंग्याएका थिए ।

अर्थमन्त्री पौडेल बोल्दाबोल्दै ढुंगा प्रहार भएपछि कार्यक्रम नै बिथोलिएको थियो ।अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार दिउँसो शिलान्यास गर्ने करिडोरमा बनाइएको मञ्च तथा शिला स्थानीयले बिहिबार भत्काएका थिए । त्यसपछि ठूलो संख्यामा प्रहरी परिचालन गरि रातारात निमार्ण गरिएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्