Techie IT
बिहीबार, असोज ८,२०७७

नेपालमा थप ८३८ जनामा कोरोना संक्रमण, ३० हजार ४ सय ८३ पुगे संक्रमित !


काठमाडौं,भदौ ५
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा शुक्रबार थप ८ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १४२ जना ,ललितपुरमा २५ र भक्तपुरमा १५ जना गरि काठमाडौं उपत्यकामा थप १८२ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ। विगत २४ घण्टामा १३,५७९ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। यो अबधिमा २५० जना कोरोनाबाट निको भइ घर फर्किका छन्। यीसहित हालसम्म निको हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ। त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ पुगेको छ। विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

जहा मृत्कहरु मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाण्डू, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्यूठान जिल्लाका रहेको मन्त्रालयले जनाएको छ।यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १३७ पुगेको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्