Techie IT
सोमबार, वैशाख ६,२०७८

होप फाउन्डेसनको “नेपालको सिमाना समस्या र समाधान बिषयक विचार गोष्ठी” सम्पन्न

काठमाडौं ।

होप फाउन्डेसन ले नेपालको सिमाना समस्या र समाधान विषयक बिचार गोष्ठी बसेको छ । आज kaveni Inn मा नेपालको सिमाना समस्या र समाधान बिचाररक बैठक बसेको हो ।
गोष्ठीको उद्घाटन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दीप प्रज्वलन गरी गरेका छन्।
 गोष्ठीमा काठमाडौं महानगरपालिका वडा ३० को अध्यक्ष दल बहादुर कार्की ,सम्माननिय राष्ट्रपतिज्युका सल्लाहकार  प्रा.लालबहादुर यादव उपस्थित भएका छन् ।
गोष्ठीको सुरुवातीमा “हाम्रो सिमाना लाइ मिचेको होकि बेचेको हो” भन्ने गित बजाइ सुभारम्भ भएको थियो।
गोष्ठीमा सुगौली सन्धि र सुगौली सन्धि रद्द भएपछि को नेपालको सिमाना बारे छलफल भएको छ। साथै गोष्ठीमा सीमा विवाद का कारण र समाधान बारे छलफल भएको छ ।
समग्रमा नेपाल-भारत सीमा विवाद तथा अतिक्रमण मामिला अन्तर्गत नेपाको भारतसँगसीमा जोडिएको २७जिल्लामध्ये २४ जिल्लाको ७१ स्थानमा गरी ६०,६६२हेक्टर भुमि अतिक्रमण तथा वादविवाद मा परेको छ । जसमा कालापानी-लिमियाधुरा(३७०००हेक्टर), सुस्ता(१४५००हेक्टर),  मेची नदी तटीय क्षेत्र (१६०० हेक्टर),  टनकपुर (२२२ हेक्टर), शारदा बाँध बनाउन मिचेको (१५हेक्टर), सन्दकपुर (२ हेक्टर),परासन प्यारा ताल(९८० हेक्टर),भाजनी लालबोझी(२५१हेक्टर) गुलरिया न.पा.(७ हेक्टर),कारोबारी(४१ हेक्टर), श्रीअन्तु गुफापाताल क्षेत्र(९ हेक्टर), दक्षिण भिटकैया(३० हेक्टर) ज्यामिरगढी(१० हेक्टर)र सबैभन्दा थोरै पशुपतिनगरको फाटक(२४० वर्ग मिटर) क्षेत्र रहेको छ ।
सीमा अतिक्रमणको मुख्य समस्या जमिनमा स्पष्टरुपमा भौतिक सीमांकन नहुनु,सीमा नक्सा (तथ्याङ्क तथा को-अर्डिनेट) को अभाव,छिमेकी देशले अन्तर्राष्ट्रिय सीमारेखाको बेवास्ता र सीपमा सन्धि अस्पष्ट हुनाले  सीमा विवाद भइरहेको छ ।
गोष्ठीमा सीमा समस्या २६ वर्षसम्म दुइ देश बीचको सीमाङ्कन गर्ने कार्य गर्दै आएका नेपाल भारत प्राविधिक स्तरिय सयुक्त सीमा समितिलाई ३१ डिसेम्बर २००७ मा विगठन गर्दा ९७ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी अब ३ प्रतिशत समस्या रहेको जनाएको छ । यध्यपी, दीमा मामिला समाधान गर्न राजनैतिक तहबाट सौहार्दपूर्ण कुराकानी गर्नुपर्ने,एक आपसमा समस्या बुझ्ने र बुझाउन पर्ने,नेपाल तथा भारत अन्तर्राष्ट्रिय रङ्गमञ्चमा समान हक अधिकार भएको देश हुन् भन्ने पुस्टाई भारतसमक्ष प्रस्तुत गर्नुपर्ने, भारतीय प्राविधिक लाइ आवश्वस्त पर्ने जस्ता समस्या को समाधान को रुपमा छलफल भएको छ।

क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्