Techie IT
शनिबार, असोज ३,२०७७

कञ्चनपुरमा फेरि निषेधाज्ञा


कञ्चनपुर,भदौ ५
कञ्चनपुरमा बिहीबार १२ बजेदेखि भदौ १४ गतेसम्मका लागि फेरि निषेधाज्ञा जारी गरिएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले संक्रामक रोग र स्थानीय प्रशासन ऐनअनुसार जोखिम बढ्ने खतरा देखिएकाले निषेधाज्ञा जारी गर्न लागिएको बताए ।

बिहीबार मध्यरातिदेखि भदौ १४ गतेसम्मका लागि अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने बिहीबार जारी गरिएको सूचनामा भनिएको छ । जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक सवारीसाधन जोर–बिजोरका आधारमा सञ्चालन गर्न पाइने छ भने औषधि, खाद्यान्न, तरकारी, दुध, फलफूल, माछा, मासुलगायत अत्यावश्यक वस्तुहरूका किन्न मात्रै सवारी साधन प्रयोग गर्न पाइनेछ ।

शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरू, ट्युसन सेन्टर, भाषा कक्षा सञ्चालन गर्न नपाउने भएको छ भने सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी, प्यालेस, डिपार्टमेन्ट स्टोर, मनोरञ्जन स्थल, सैलुन, व्यूटीपार्लर, स्वीमिङ पुल, जिमखाना, पुस्तकालय, संग्रहालय, सञ्चालन गर्न पाइने छैन । बैंकिङ सेवा भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने र सम्भव नभए स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ ।(आर्थिक दैनिक बाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्