Techie IT
सोमबार, वैशाख ६,२०७८

सॉझ सम्पन्न सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता पनि सकारात्मक


काठमाडौँ ।
दुई वर्षदेखि सरकाले प्रतिबन्ध लगाएकोको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई सरकारले पहिलो पटक औपचारीक रुपमा वार्ताको लागि आह्वान गर्दै वार्ता टोली गठन गरेको भोलिपल्ट बुधवार दुई चरणमा सो समुह र सरकारबीचको वार्ता सकिएको छ।दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न छ ।

सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामवहादुर थापा बादल र डा। राजन भट्टराई तथा विप्लव समूहका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्माबीचको वार्ता भएको थियो।वार्तामा विप्लव समूहले आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न र पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई छोड्ने सर्त राखेको स्रोतले जनाएको छ।

नेपाल सरकारको वार्ता टोलीका संयोजक डा। राजन भट्टराईले दुई पक्ष बीचको दोस्रो चरणको वार्ता सकारात्मक दिशाउन्मुख रहेको , बिषय केन्द्रीत ,दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरेको संयोजक डा. राजन भट्टराईले बताएका छन्।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्