Techie IT
आईतबार, मंसीर २१,२०७७

करेन्ट लागेर मृत्यु


काठमाडौं,भदौ ५

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा करेन्ट लागेर एक जनाको आज मुत्यु भएको छ । जिल्लाको जुठापौवा खुनधाराकी २७ वर्षीया दिलकुमारी रास्कोटीको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष चेतना गाहाले राससलाई बताइन् ।

उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो । गएराति हावा हुरीका कारण विद्युत् सर्ट हुँदा थप एक जना घाइते भएको गाउँपालिका उपाध्यक्ष गाहाले बताइन् ।

घाइते झमानसिंह पुनको मिसन अस्पतालमा उपचार भइरहेको छ । विद्युत् सर्ट हुँदा नेपाने र पटुवाचौर, खुनधाराका विद्युत् मिटरबक्समा समेत क्षति पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्