Techie IT
१५ साउन २०७८, शुक्रबार

थपिए ७३ नयाँ कोरोना संक्रमित,पुगे २ लाख ७४ हजार २१६


काठमाडौँ ।

सोमबार थप ७३ जना कोरोना संक्रमित थपिएका छन्।यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार २१६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ६४ जना कोरोना संक्रमित निको भएका छन्।

यससँगै हालसम्म निकोहुनेको संख्या २ लाख ७० हजार ४७१ पुगेको छ। देशभर हालसम्म ९६८ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ३ हजार ४९ पीसीआर परक्षिण भएको छ। गत २४ घण्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७७ पुगेको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्