Techie IT
१५ साउन २०७८, शुक्रबार

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ


झापा ।
आफ्नै साथी ३४ वर्षीय कुसुम राईलाई धारिलो हतियार दाउ प्रहार गरी घाइते बनाएको अभियोगमा अर्जुनधारा नगरपालिका-१० कालीझोरा बस्ने ३३ वर्षीय बसन्त राईलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
कुसुमको घरमा दुबै जनाले मादक पदार्थ सेवन गरी एक आपसमा सामान्य बादविबाद हुँदा बसन्त राईले दाउ प्रहार गर्दा कुसुम घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनी र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले बसन्तलाई पक्राउ गरेको हो । घाइते कुसुमको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्