Techie IT
१२ साउन २०७८, मंगलबार

अवैध लागूऔषध सहित पक्राउ


काठमाडौं।
काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ ढाक्सीबाट ३ किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ३५ बर्षीया सुनिता अधिकारीलाई आइताबर दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग मातातिर्थबाट खटिएको प्रहरीले अधिकारीको घर तलासी गर्दा कोठाभित्र लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
उदयपुर, त्रियुगा नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध ३० एम्पुल फेनारगन, ३० एम्पुल नोर्फिन र ३० एम्पुल डाइजेल्याव सहित सोही ठाउँ बस्ने २५ वर्षीय प्रदिप शाक्य थारुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्