Techie IT
१५ साउन २०७८, शुक्रबार

सडक विस्तारको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन


काठमाडौं ।

वृहत नागरिक आन्दोलन र सडक विस्तार पीडितहरुको सहभागीतामा सडक विस्तारको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। अधिकारकर्मी र पीडितहरुले वृहत नागरिक आन्दोलन र सडक विस्तार पीडितहरुको सहभागीतामा आज बिहान माइतीघरमा प्रदर्शन भएको हो ।

बालाजु बाइपास, कालिमाटी, लगनखेल–गोदावरी लगायत सडक विस्तारको क्रममा पीडित भएकाहरु प्रदर्शनमा सहभागी भएका छन्। प्रदर्शनमा सहभागीहरुले ‘गैरन्यायिक सडक विस्तार मुर्दावाद, निर्दोश विडितहरु तत्काल रिहा गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।


गैरन्यायिक सडक विस्तारको विरोधमा उत्रिँदा पक्राउ परेका नागरिक अभियन्ता सुमन सायमी, विरोचन श्रेष्ठ, भिमदेव श्रेष्ठ, मिन शाही, महेश्वर मानन्धर, सन्जय तामाङ, रुक्षित श्रेष्ठ, दिपेन श्रेष्ठलाई लगायतलाई रिहा गर्न पनि उनीहरुले माग गरेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार