Techie IT
१२ साउन २०७८, मंगलबार

प्रसाईको विएण्डसी मेडिकल कलेजलाई सम्बन्ध दिन प्रधानमन्त्री ओलीको ठाडो आदेश!


काठमाडौँ ।
विवादस्पद लगानीमा झापामा निर्माण गरिएको प्रस्तावित वीएण्डसी मेडिकल कलेजलाई प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा काठमाडौँ विश्व विद्यालयले सम्वन्धन दिन लागेको घटना प्रति केयु सभा सदस्यहरुले असहमति जनाएका छन् ।

दुर्गा प्रसाईको लगानीमा रहेको वीएनसी मेडिकल कलेजलाई संवन्धन दिन प्रधानमन्त्री ओलीले ठाडो आदेश दिएपछि वैठकको एजेण्डमा नभएको भएपनि उपकुलपति भोला थापाले संवनधन दिने प्रक्रिया अघि बढाएका छन् । प्रसाई माओवादी नेता प्रचण्ड निकट विवादास्पद व्यवसायी मानिन्छन ।

काठमाडौँ विश्व विद्यालयको सभाको उक्त निर्णय प्रति सभाका सदस्यहरु वालचन्द्र लुईटेल,विवेक वराल,वेरमणि दाहाल,सुरेन्द्र केसी र विस्णु कार्कीले असहमति जनाएका छन् । उनीहरुले आइतवार केयुका रनिस्टार सुवोध शर्मालाई लिखित रुपमा असहमति जनाएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्