Techie IT
बिहीबार, कात्तिक १३,२०७७

माछा मार्न जाँदा नदिको बीच भागमा परेका एक जनाको एपीएफ टोलीद्वारा सकुशल उद्वार


काठमाडौं,भदौ ५

अछाम जिल्लाको साफेबगर नगरपालिका- ७ स्थित बुढीगंगा नदिमा माछा मार्न जाँदा नदिको बीचमा परेका एक जनालाई एपीएफ टोलीले साउन ४ गते सकुशल उद्वार गरेको छ ।

सोही ठाउँ बस्ने २८ वर्षिय नरेश कठायत माछा मार्ने क्रममा उक्त नदिको बीच भागमा परेर सो नदिले बगाएर ल्याएको मुढामा अड्कीएर रहेका थिए ।

सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४९ गुल्म अछामबाट सशस्त्र प्रहरी नायव उपरीक्षक जगदिश जोशीको कमाण्डमा खटिएको एपीएफ टोलीले उनको सकुशल उद्वार गरेको हो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्