Techie IT
१५ साउन २०७८, शुक्रबार

डा. बाबुराम भट्टराईलाई तत्कालै ट्युमरको शल्यक्रिया गर्न चिकित्सकले सुझाव


काठमाडौं ।
स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई तत्कालै ट्युमरको शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएका छन् ।
न्युरो-इन्क्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा डाक्टर भट्टराई चिकित्सकको सल्लाहअनुसार परीक्षणका लागि नयाँ दिल्ली गएका थिए ।

बायोप्सी परीक्षणका क्रममा क्यान्सर नभको चिकित्सकले निष्कर्ष निकालेको भट्टराईका प्रेस सल्लाहाकार विश्वदीप पाण्डेले जानकारी दिए ।

चिकित्सकले क्यान्सर नभएको निष्कर्ष निकाले पनि ट्युमरलाई भने दुईरतीन महिनाभित्रै शल्यक्रिया नभए क्यानसरको खतरा हुने चिकित्सकको भनाइ छ ।

परीक्षण सकिएकोले भट्टराई मंगलबार नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्कने प्रेस सल्लाहाकार पाण्डेले जानकारी दिए।


क्याटेगोरी : समाचार



तपाईको कमेन्ट लेख्नुहोस्