Techie IT
शुक्रबार, माघ ९,२०७७

मन्त्रीपरिषदको बैठकमा माक्सनै नलगाई मन्त्रीहरु सहभागी


काठमाडौं,भदौ ४ ।
प्रधानमन्त्री निवासमा ६ बज्नै लाग्दै गर्दा सुरु भएको मन्त्रीपरिषदको बैठकमा कोरोना संक्रमणको सुरक्षा मापदण्ड बिपरित मास्क नै नलगाई केही मन्त्रीहरु सहभागी भएको पाईएको छ ।

मन्त्री परिषदको बैठक जारी रहेकै बेला प्रधानमन्त्रीको सचिवालयको सामाजिक सञ्जालमा जारी गरेको तस्बिरमा चार जना मन्त्री माक्स फुकालेर सहभागी भएको देखिउको छ ।

सरकारले माक्स नलगाई सडकमा निस्कने नागरिकलाई प्रक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ तर त्यही सरकारको मन्त्रीपरिषदको बैठकमा मन्त्रीहरुनै माक्स नलगाई सहभागी भएर स्वईच्छा प्रदर्शन गरेका छन । सरकारको निर्णयको खिल्ली उडाएका छन ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार