Techie IT
१५ साउन २०७८, शुक्रबार

नियन्त्रित लागूऔषध सहित २ जना पक्राउ


सिरहा।

 भगवानपुर गाउँपालिका-३ अभयनगरबाट नियन्त्रित लागूऔषध ५० एम्पुल डाईजेल्याप, ५० एम्पुल नूर्फिन र ५० एम्पुल प्रोमेथाईजिन सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लहान नगरपालिका-१ बस्ने १९ वर्षीय दिपेन राम र २० वर्षीय रामानन्द गुप्ता रहेका छन् ।
प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्नेक्रममा प्लाष्टिकको झोलामा राखी लुकाई ल्याएको उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्