Techie IT
१५ साउन २०७८, शुक्रबार

बाघको छालासहित पक्राउ


काठमाडौं ।

 काठमाडौं महानगरपालिका-५ हाडिगाउँ बस्दै आएका झापा दमक नगरपालिका-६ घर भएका ३५ वर्षीय मोहन कार्कीलाई टाउको र नंग्रा सहितको करिब ८ फिट लम्बाई र ३ फिट चौडाई भएको बाघको छाला सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मोहनसँग बाघको छाला भएको र बिक्री गर्ने भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनको कोठामा तलासी गर्नेक्रममा उक्त छाला फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार