Techie IT
१५ साउन २०७८, शुक्रबार

जबरजस्ती करणी उद्योग गरी फरार रहेका अभियुक्त पक्राउ


मोरङ ।

  ११ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरी फरार रहेका अभियुक्त जहदा गाउँपालिका-१ बस्ने बोज भन्ने ४५ वर्षीय राजेन्द्र सरबरियालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
राजेन्द्रले फागुन ६ गते साँझ ती बालिकालाई सोही ठाउँस्थित मकैबारीमा लगेर जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर बिहीबार दिउँसो प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले खोजी गर्नेक्रममा सुनसरी साहेबगंज सीमा क्षेत्रबाट फेला पारी उनलाई पक्राउ गरेको हो ।
राजेन्द्रलाई जवरजस्ती करणी उद्योग कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्