Techie IT
१२ साउन २०७८, मंगलबार

मोटरसाइकल दुर्घटना हुँदा एक महिला गम्भीर घाइते


सप्तरी ।

सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका १ जण्डोलमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक महिला गम्भीर घाइते भएकी छिन् ।

मोटरसाइकलमा पछाडी सवार सप्तरीकै सुरुङगा नगरपालिका ५ की अन्दाजी ३५ वर्षिया अनिता चौधरी घाइते भएकी हुन् । युनिक अस्पताल रुपनीमा घाइते महिलाको उपचार भइरहेको सप्तरी प्रहरीले जनाएको छ । हिजो बेलुकी आठ बजे पुर्वपश्चिम राजमार्गमा लु ६७ प २३८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो । मोटरसाइकल चालक भने सकुशल रहेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्