Techie IT
१२ साउन २०७८, मंगलबार

साइकलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा ४ जना घाइते


बाँके ।

बाँकेको बैजनाथ गाउँपालिका ६ मा हिजो बेलुकी साइकलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा ४ जना घाइते भएका छन् ।

हिजो बेलुकी सवा ८ बजे साइकलमा सवार रहेका स्थानीय ३६ वर्षीय फत्ते सिंह थारुलाई ठक्कर दिएर भे ७ प ८४ ४१ नम्बरको मोटरसाइकल पल्टिएको थियो । घाइते हुनेमा साइकल यात्री फत्ते सिंह थारु, मोटरसाइकल चालक बैजनाथ गाउँपालिका ५ का प्रभु दयाल, पछाडी सवार हरी प्रसाद थारु र ४ वर्षीय बालक आशिक थारु रहेका छन् । घाइते सबैको कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते मध्ये बालकको अवस्था गम्भीर रहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्