Techie IT
१५ साउन २०७८, शुक्रबार

पछिल्लो २४ घण्टामा थपिए ७८ कोरोना संक्रमित ,पुगे २ लाख ७४ हजार १४३


काठमाडौँ ।

पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार १४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार ४०७ जना स‌ंक्रमणमुक्त भएका छन् ।

देशभर हालसम्म ९६२ सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७४ पुगेको छ।

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्