Techie IT
१२ साउन २०७८, मंगलबार

गंगामाया सिकिस्त


काठमाडौँ ।
आफ्नो छोराको हत्यारालाई कार्वाहीको माग गदै पछिल्लो समय ७० दिन देखि आमरण अनशन बसिरहेकी गोरखा फुजेलकी गंगामाया अधिकारीको अवस्था चिन्ताजनक भएको छ । वीर अस्पतालको १ नंवर क्याविनमा रहेकी गंगामायालाई घाँटीको सल्यक्रिया गरी नसाबाट तरल पदार्थ दिन थालिएको थाहा भएको छ ।

तत्कालीन विद्रोही माओवादीले २०६१ साल जेठ २४ गते चितवनको रत्ननगर,बकुलहर तोकमा गोली हानी उनको छोरा कृष्णप्रसाद अधिकारीको हत्या गरेका थिए ,छोरा कृष्णप्रसादको हत्यारालाई कार्वाही गर्न माग गर्द गंगामाया र उनका पति नन्द प्रसाद अधिकारीले आमरण अनशन बस्दै आएका थिए । अनशनमै नन्द प्रसाद अधिकारीको निधन भइसकेको छ ।

तर अहिले सम्म उनको शवको दाह संस्कार गरिएको छैन ।वषौँ देखि उनको शव त्रिवी शिक्षण अस्पतालको मुर्दाघरमा राखिएको छ । त्यही अनशनकै क्रममा गंगामाया अधिकारी पनि सिकिस्त भएकी छन् । तर सरकारले उनको माग संवोधन गरेको छैन ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्