Techie IT
१२ साउन २०७८, मंगलबार

रौतहटका विश्वकर्मा भए भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा प्रथम


काठमाडौं ।

रौतहटका मनोज विश्वकर्मा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा प्रथम भएका छन् ।हेम सरिता पाठक फाउन्डेसनले आयोजना गरेको उक्त प्रतियोगितामा प्राप्त कविताहरू मध्ये पहिलो चरणमा उत्कृष्ट पच्चीस कविताहरू सार्वजनिक गरिएको र ती कविताहरूको जुम माध्यमबाट प्रत्यक्ष वाचन पनि गराइएको थियो।

अमेरिकाको टेक्सासमा विगत लामो समयदेखि बसोबास गर्दै आएका समाजसेवी हेम पाठक र सरिता पाठक ले स्थापना गरेको सो पुरस्कारमा एक हजार अमेरिकी डलर राशीसहित सम्मानपत्र रहेको छ।

उत्कृष्ट २५ कविमा मनोज विश्वकर्मा, जितेन्द्र बस्नेत, संगीता पोखरेल, पिटर कुँवर, प्रकाश आचार्य, जीवन आरोही, सानु खनाल दिलीप कुँवर, जनक रसिक, दीप पाण्डे, प्रज्वल अधिकारी, निरज दहाल, टीएन भट्ट ‘विश्वामित्र’, रमा अधिकारी कादम्बरी, ‘सुरज पराजुली, सुष्मा तिमल्सिना, सन्तोष लामिछाने, दिपेन्द्र अरुण र केशवराज ज्ञवाली, मोहित जोशी, सोमनाथ दहाल, नवराज अधिकारी, नारायण अधिकारी, सुवास शर्मा र भीष्मप्रसाद भट्टराई थिए।

सो प्रतियोगिताको लागि डाक्टर रामप्रसाद ज्ञवाली, स्नेह सायमी र गीता त्रिपाठी रहेको तीन सदस्यीय निर्णायक समिति बनाइएको र सो समितिले गरेको सिफारिसका आधारमा निर्णय घोषणा गरिएको कविता प्रतियोगिताका विजयी सर्जकहरुलाई काठमाडौंमा कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने र उत्कृष्ट पच्चीस कविताको पुस्तक प्रकाशन गरिने जानकारी हेम सरिता फाउण्डेसनले जनाएको छ ।

साथै फाउण्डेसनले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय गीत प्रतियोगिता पनि आयोजना गर्दैछ र त्यसको लागि अन्तिम मिति यही पागुन १५ गते सम्म तोकेको थियो । फाउण्डेसनले देशका शैषिक,साँस्कृतिक, साहित्यिक तथा सामाजिक क्षेत्रमा पनि ससहयोग गर्दै आइरहेको छ ।


क्याटेगोरी : समाचार, साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्