Techie IT
१२ साउन २०७८, मंगलबार

अन्तराष्ट्रिय हवाई सुरक्षा मापदण्डअनुसार नै जहाजको सुरक्षा जाँच गरिएको निगमको दाबी


काठमाडौं ।

नेपाल वायुसेवा निगमले अन्तराष्ट्रिय हवाई सुरक्षा मापदण्डअनुसार नै जहाजको सुरक्षा जाँच गरिरको दाबी गरेको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले केही छापा तथा अनलाइन पत्रपत्रिकाहरुमा नेपाल वायुसेवा निगमको हवाई सुरक्षा सँग जोडेर भ्रम सृजना गरी प्रकाशित समाचारहरु प्रतिे ध्यानाकर्षण गराउँदै अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुसार नै जहाजको सुरक्षा जाँच गर्दै आइरहेको बताएको हो ।

निगम यात्रुहरुको सुरक्षा एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई सुरक्षा मापदण्डहरुका सन्दर्भमा प्रतिवद्धता जनाउँदै रहेको जानकारी गराउँदै उल्लेखित घटनाका सम्बन्धमा आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेको छ ।

गत जनवरी ८ मा दोहाबाट काठमाण्डौ आएको आर. ए. २४० नं. को उडान काठमाण्डौमा अवतरण गर्ने क्रममा Hard Landing भएको विषय नियमित Flight Data Analysis Program मार्फत गत ९ फेब्रअरी मा पत्ता लगाईएकोबताउँदै सो Hard Landing सम्बन्धमा उडानमा संलग्न पाइलटहरुले भर्नु पर्ने Mandatory Occurrance Report (MOR) मार्फत जानकारी गराउनु पर्नेमा नगराइएको पाइएपछि सम्वन्धित पाइलटहरुलाई तत्काल जानकारी माग गरी निजहरुलाई गत फगुन १२ देखि देखि उडानमा बन्देज लगाईएको जनाएको छ ।

साथै सो घटनाका कारण जहाज उडान गर्न मिल्ने नमिल्ने यकिन गर्न जहाज निर्माता कम्पनी एयरबस फ्रान्ससँग पत्राचार गरी राय माग गर्दा 100 Cycles (Landing) तथा दुई महिना सम्म उडान गर्न समस्या नहुने तर सो अवधिमा निश्चित चेकजाँच गर्नु पर्ने भन्ने जानकारी प्राप्त भएको र सोही अनुसार जहाज नियमित उडानमा भरेको निगमले जनाएको छ ।

साथै अन्तराष्ट्रिय हवाई सुरक्षा मापदण्ड तथा निगमको आफ्नै सुरक्षा व्यवस्थापन प्रणाली बमोजिम आन्तरिक सुरक्षा जाँचबुझ गर्न व.क्याप्टेन युवराज कुमार भट्टराईको संयोजकत्वमा क्याप्टेन विजय लामा, मनिष कुमार साह तथा डम्बर रावत समेतको छानविन समिति मिति ११ फागुन २०७७ मा गठन भई कार्यारम्भ गरिसकेको जनाउँदै छ । सुरक्षालाई दृष्टिगत गरी उल्लेखित छानबिन समितिको प्रतिवेदनको आधारमा राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई सुरक्षा मापदण्ड अनुरुप थप कार्यवाही अगाडी बढाईने कुराको जानकारी निगमका प्रववक्ता करिश्मा श्रेष्ठले दिइन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्