Techie IT
१५ साउन २०७८, शुक्रबार

विकासको नाममा ‘प्रतिगमन’ भएको भन्दै नागरिक समाजका प्रतिनिधिहरुले विरोध जनाए


काठमाडौं ।
विकासको नाममा ‘प्रतिगमन’ भएको भन्दै नागरिक समाजका प्रतिनिधिहरुले विरोध जनाएका छन् ।बृहत नागरिक आन्दोलनको अगुवाइमा सुन्धारास्थित महानगरपालिका कार्यालय अगाडि आज विरोध प्रर्दशन गरिएको हो ।
विरोध प्रर्दशनमा मा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय दबुका प्रतिनिधिहरु पनि सहभागी थिए ।

 विरोध प्रर्दशन गरिरहेकाहरुले ‘हाम्रो स्वबासी घरजग्गा हाम्रो अधिकार,हाम्रो माग पुनस्थापना गर जग्गा धनीको नाम ,नागरिकलाई सडक छाप बनाउने कस्तो नीति रु कस्तो सरकार रु’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।बालाजु बाइपासमा उठिबास गरिएका स्वबासीहरुलाई सोही ठाँउमा पुनस्थापना को समेत माग गरेका छन् ।

शुक्रबार उनीहरुले काठमाडौंको कमलपोखरीमा बनाइएको कंक्रिकटको संरचना भत्काइदिएका थिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार