Techie IT
१२ साउन २०७८, मंगलबार

स्वास्थ्यकर्मीको लापरबाहीले सुत्केरि महिलाको ज्यान गएको भन्दै आफन्त द्वारा अस्पतालमा धर्ना


प्यूठान ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको चरम लापरबाहीले सुत्केरि महिलाको ज्यान गएको भन्दै मृतकका परिवार,आफन्त र सर्वसाधारणहरुले प्युठानको जिल्ला अस्पताल बिजुवारमा धर्ना दिएका छन् । अस्पतालले गुणस्तरीय सेवाका नाममा उपचारजस्तो संवेदनशील सेवामा लापरबाही गरि सुत्केरि महिलाको ज्यान गएको भन्दै आफन्तहरुले बिरोध गरेका हुन् ।

प्यूठानको झिमरुक गाउँपालिका-७ तुषाराकि २६ बर्षिया अनिषा एमसि (थापा)को सुत्केरि भएको २ दिनपछि अत्याधिक रक्तश्रापका कारण जिल्ला अस्पताल बिजुवारबाट बुटवल रिफर गरि बुटवल लैजादै गर्दा आइतबार बिहान बाटोमा निधन भएको हो।

पिडितलाई न्याय र दोषिलाई कारर्वाहिको माग राखि आफन्त र सर्वसाधारणले बिरोध प्रदर्शन गरेका छन् । बिरोध प्रदर्शनको प्रभावले अहिले जिल्ला अस्पतालमा रहेको ओपिडि सेवा समेत बन्द भएको छ । अबस्था तनाबग्रस्त हुन सक्ने आकलन गरि अस्पताल वरिपरि  सुरक्षा सतर्कता बढाइएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्