Techie IT
१२ साउन २०७८, मंगलबार

डुबेर मृत्यु


काठमाडौं ।

काठमाडौंको काठमाडौं महानगरपालिका-१६ गंगा हल नजिक डेरा गरी बस्ने नुवाकोट ककनी गाउँपालिका-४ घर भएकी सेतीमायाँ तामाङको कोठामा पाहुना आएका अजय लामाको १ वर्षीय छोरा आरुष लामाको पानीको बाल्टिनमा डुबेर शनिबार राति मृत्यु भएको छ । उक्त कोठामा पानीले भरीएको बाल्टिनमा डुबेर अशक्त भएका उनको कान्ती बाल अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

बाराको परवानीपुर गाउँपालिका-४ चैनपुर बस्ने बिजय साह सोनारको १८ महिनाको छोरा आयुष सोनारको पानीको नालीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । घर नजिकै रहेको फोहोर जाने पानीको नालामा डुबेर अशक्त भएका उनको उपचारका लागि बयोधा अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्