Techie IT
१२ साउन २०७८, मंगलबार

देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु


काठमाडौं ।

देशका विभिन्न जिल्लामा भउका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । कैलालीको चुरे गाउँपालिका- स्थित बजाडी भन्ने स्थानमा बा.२ क ८१३५ नम्बरको रोलरको ठक्करबाट सोही गाउँपालिका-१ चटकपुर बस्ने ४६ वर्षीय लक्ष्मण छेडालको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । रोलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँको ब्यास नगरपालिका-१ बुल्दिपुलस्थित सडकमा गा.१९ प २७३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकमा पल्टिएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-२ मालेबगर बस्ने २२ वर्षीय विवेक थापा मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

रुपन्देहीको सैनामैना नगरपालिका-१ वनकट्टास्थित सडकमा मोटरसाइकलको ठक्करबाट साईकलयात्री शुद्धोधन गाउँपालिका-१ सिखरा बस्ने ५० वर्षीय राजेन्द्र लोधको शनिबार राति मृत्यु भएको छ । उक्त सडकमा लु.३७ प ४७९१ नम्बरको मोटरसाइकलले ठक्कर दिइ बाटोमा लडेको र पुनस् लु.१५ प ५५६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रुपन्देहीको कोटहिमाई गाउँपालिका-१ सिपुवास्थित सडकमा लु.२ च १५१७ नम्बरको पिकअप जिपको ठक्करबाट पैदलयात्री सम्मरीमाई गाउँपालिका-५ बस्ने ३२ वर्षीया कुसुम लोधको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ ।दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्