Techie IT
१५ साउन २०७८, शुक्रबार

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ


काठमाडौं ।

दाङको घोराही उपमहानगरपालिका-१६ बस्ने २१ वर्षीय राजन चौधरीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-१० जलौरा बस्ने २३ वर्षीय उमेश चौधरी समेत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही उपमहानगरपालिका-१० जलौरा नजिक बिवाहको भोजमा गएको अवस्थामा राजनलाई उमेश समेत ६ जनाले कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले कुटपटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

कुटपिटबाट गम्भीर घाइते भएका राजनको स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुँदै चौराह हस्पिटल मेडिकल कलेज बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्