Techie IT
१५ साउन २०७८, शुक्रबार

स्रोत नखुलेको ७ लाख रुपैयाँ सहित दुई जना पक्राउ


पर्सा।

वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ७ लाख रुपैयाँ सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत पूर्वी चम्पारण मोतिहारी थाना रक्सौल-२५ बस्ने ४० वर्षीय संजय कुमार गुप्ता र सोही ठाउँ बस्ने ३७ वर्षीय बिनोद कुमार रहेका छन् । भारतको रक्सौलबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एडी ६८६९ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु उपर वैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ विपरीतको कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्