Techie IT
१५ साउन २०७८, शुक्रबार

अबैध लागूऔषध सहित पक्राउ


काठमाडौं ।

 काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब २ केजी अबैध लागूऔषध चरेश सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ बस्ने २७ वर्षीय कुसल राजवाहक र सोही नगरपालिका-५ बस्ने २० बर्षीय अजय प्रधान रहेका छन् । धरानबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश नम्बर १-०२-००१ ख ८१८४ नम्बरको बसलाई उक्त ठाउँमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरुको साथबाट उक्त परिमाणको चरेश फेला पारी पक्राउ गरेको हो ।
झापा, मेची नगरपालिका-८ बाट करिब १५ ग्राम अबैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र १ थान डिजिटल तराजु सहित सोही ठाउँ बस्ने ३० बर्षीय लिप्सु राजवंशीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । डब्लुबी ७४ आर १२१५ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको पदार्थ सहित फेला पारी चालक राजवंशीलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, सुक्लाफाँट नगरपालिका-१० बाट करिब ४ ग्राम ८० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद ५४ हजार १ सय ७० रुपैयाँ सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २९ बर्षीय विक्रम ठकुल्ला र २९ बर्षीय दिपेन्द्र सुनार रहेका छन् । युके ०६ एके ३४२५ नम्बरको कारलाई ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध र नगद सहित फेला पारी कारमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।
कैलाली, गौरीगंगा नगरपालिका-९ शंकरपुर बस्ने ३८ वर्षीय छत्र बहादुर बोहरा र सोही नगरपालिका-८ गुलनियाँ बस्ने २२ वर्षीय रूपेन्द्र कलेललाई २० ग्राम अवैध लागूऔषध खैरो हेरोइन, २ थान मोबाइल र नगद ७ हजार २ सय १६ रुपैयाँ सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । छत्र बहादुरको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मसुरीया र संघीय प्रहरी ईकाइ कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्