Techie IT
१२ साउन २०७८, मंगलबार

३ थान भरुवा बन्दुक सहित पक्राउ


मकवानपुर।

 बागमती गाउँपालिका-२ सानुबगह आलेडाँडा बस्ने ५० बर्षीय वीर बहादुर लोप्चनलाई ३ थान एकनाले भरुवा बन्दुक सहित गएराति प्रहरीले पक्राउ गरेको छ ।
लोप्चनको घरमा झै-झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शिवराईगाँउबाट खटिएको प्रहरीले उनको घरमा अवैध रूपमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्