Techie IT
१५ साउन २०७८, शुक्रबार

मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते


सर्लाही ।
सर्लाहीको हरिवन नगरपालिका ८ मा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
मोटरसाइकल चालक स्थानीय ३० वर्षीय फडिन्द्र अधिकारी र पछाडी सवार धनुषाका अन्दाजी ३० बर्षकै अमन चौधरी घाइते भएका हुन् । घाइते मध्ये अधिकारीको अवस्था भने गम्भीर रहेको छ । स्वाभिमान अस्पताल हरिवनमा घाइते दुवैको उपचार भइरहेको छ । हिजो बेलुकी साढे सात बजे हरिवनस्थित भित्रि सडकखण्डमा ना २१ प ३६ ७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्