Techie IT
१२ साउन २०७८, मंगलबार

स्कुटर दुर्घटना हुँदा २ जना घाइते


चितवन ।

चितवनको खैरहनी नगरपालिका १० मा हिजो बेलुकी स्कुटर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । ना ३७ प ८५ २६ नम्बरको स्कुटर हिजो बेलुकी ७ बजे अनियन्त्रित भएर पल्टिएको थियो ।

दुर्घटनामा स्कुटर चालक चितवनकै राप्ती नगरपालिका ७ विरेन्द्रनगरका २६ वर्षीय सन्तोष थापा मगर र पछाडी सवार तनहुँका २८ वर्षीय पुर्ण थापा मगर घाइते भएका हुन् ।  घाइते भएका दुवै जनाको कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । घाइते मध्ये चालकको अवस्था भने गम्भीर रहेको बुझिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्