Techie IT
१२ साउन २०७८, मंगलबार

रोलर मेसिनको ठक्करबाट  पैदलयात्रीको मृत्यु


कैलाली ।

कैलालीको चुरे गाउँपालिका १ बजाडीमा हिजो साँझ रोलर मेसिनको ठक्करबाट  पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४६ वर्षीय लक्ष्मण छेडाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका छेडालको उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा हिजोनै मृत्यु भएको हो । हिजो साँझ पाँच बजे पैदल हिंडिरहेका छेडाललाई बा १ क ८१ ३५ नम्बरको रोलर मेसिनले ठक्कर दिएको थियो । रोलर सहित चालकलाई कैलाली प्रहरीले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्