Techie IT
१५ साउन २०७८, शुक्रबार

मोटरसाइकल दुर्घटना हुँदा  चालकको मृत्यु


तनहुँ।  

तनहुँको ब्यास नगरपालिका १ बुल्दिपुलमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा  चालकको मृत्यु भएको छ  ।

घाइते भएका स्थानीय २२ वर्षीय विवेक थापा मगरको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकलमा पछाडी सवार सोही ठाउँकी २० वर्षीया रजनी गुरुङ भने उपचार पश्चात डिस्चार्ज भएको तनहुँ प्रहरीले जानकारी दिएको छ । दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको ग १९ प २७३ नम्बरको मोटरसाइकल हिजो बेलुकी साढे आठ बजे अनियन्त्रित भएर पल्टिएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्