Techie IT
आईतबार, माघ ११,२०७७

सेयर बजारमा निशेधाज्ञाको प्रभाव

बजार परिसुचक छ अंकले बढेपनि कारोवार रकम ३१ करोडमा सिमित


काठमाडौ, भदौ ४
सेयर बजारमा निशेधाज्ञाको प्रभाव परेको छ । सरकारले कोरोना भाईरस नियन्त्रण तथा रोकथामको लागि भन्दै आज देखि एक साताको लागि निशेधाज्ञा जारी गरेको छ । सोही कारण बजार परिसुचक उकालो लागेपनि कारोवार रकम भने अघिल्लो दिनहरुको तुुलनामा निकै नै कम देखिएको छ ।

आज बजार परिसुचक छ दसमलव २८ अंकले उकालो लागेर १३ सय ९७ दसमलव ५७ अंकमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव तीन अंकले उकालो लागेर दुुई सय ८८ दसमलव ३६ अंकमा चढेको छ । आज कुुल एक एक सय ८२ कम्पनीहरुको कारोवार भएकाछन ।

जसबाट आठ हजार तीन सय २६ वटा कारोवारमा १२ लाख १४ हजार पाँच सय १४ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३९ करोड ३१ लाख २९ हजार ६८ रुपैयाँ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन १२ वटा समुहको कारोवार भएकाछन । जसमध्ये होटल र सामुुहिक लगानी कोष समुहको सुचक ओरालो लागेकाछन भने बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युुत आदिको सुचक बढेकाछन ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्