Techie IT
२० साउन २०७८, बुधबार

भारतलाई नेपालमा उत्पादन भएको बिजुली आफ्नो बजारमा पुर्‍याउने बाटो खुला


काठमार्डौँ 

भारतले नेपालमा उत्पादन भएको बिजुली आफ्नो बजारमा पुर्‍याउने बाटो खुला गरेको छ । तर चिनियाँ लगानीबाट उत्पादित बिजुलीलाई भने प्रतिबन्ध लगाएको छ ।

भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले स्वीकृत गरेको सीमापार अन्तर्देशीय विद्युत् आयात–निर्यात कार्यविधि जारी भएसँगै नेपालमा उत्पादित बिजुली आयात गर्न कानूनी बाधा समाप्त भएको हो । नेपाल र भारतबीच सन् २०१४ मा विद्युत् व्यापार सम्झौता भइसकेको छ ।

तर, भारतले आफूसँग विद्युत ब्यापार सम्झौता भएका देशका लगानीकर्ताले उत्पादन गरेको बिजुली मात्रै पावर एक्सचेन्ज मार्केटमा प्रवेश गर्न सक्ने कार्यविधिमा उल्लेख गरेको छ । जसमा चीन सरकारको लगानीमा तयार भएको विद्युत आयोजनाबाट उत्पादित विद्युत बेच्न समस्या देखिएको छ । भारतले नेपालसहित भुटान र बंगलादेशसँग सम्झौता गरेको छ भने चीनसँग विद्युत्सम्बन्धी द्विपक्षीय सम्झौता गरेको छैन ।

यस्ताे छ भारतकाे कार्यविधिः

Final_DA_Procedure_26022021 (1)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्