Techie IT
बिहीबार, कात्तिक १३,२०७७

पहिरोबाट सडक अवरोध


काठमाडौं,भाद्र ४

काभ्रे, पाँचखाल नगरपालिका-४ फेदीस्थित अरनिको राजमार्गमा वर्षाको कारण पहिरो आई बिहीवार बिहानदेखि सडक अवरोध भएको छ । अवरोधको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

दैलेख, गुँरास गाउँपालिका-१ कर्णाली राजमार्गस्थित सेतो भिरनजिक रुख सहितको पहिरो आई बिहीबार बिहानदेखि सडक अवरोध भएको छ । अवरोधको खबर प्राप्त हुनासाथ प्रहरी चौकी तल्लो ढुंगेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्