Techie IT
मंगलबार, मंसीर १६,२०७७

नेपालमा थप ७०७ जनामा कोरोना संक्रमण, २९ हजार ६ सय ४५ पुगे संक्रमित !


काठमाडौं,भदौ ४ ।
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा बिहीबार थप ७ सय ७ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १७४ जना रहका छन् भने ललितपुरमा १८ र भक्तपुरमा ८ जना गरि काठमाडौं उपत्यकामा थप २०० जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ। विगत २४ घण्टामा ११ हजार ८ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ।

हालसम्म ५ लाख ६५ हजार बढीको पिसिआर परीक्षण भएको छ। त्यस्तै विगत २४ घण्टामा २ सय ६४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ। हाल देशमा सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ छ। विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप छ जनाको मृत्यु भएको छ । यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १२६ पुगेको छ


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्