करेन्ट लागेर मृत्यु

काठमाडौं,भाद्र ४
मोरङको सुन्दरहरैंचा नगरपालिका-४ बलिया घर भई पथरी शनिश्चरे नगरपालिका(९ ऐयाबारीस्थित भिनाजुको घरमा पाहुना आएका १९ वर्षीय सन्तोष निरौलाको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँस्थित पोखरीमा करेन्ट लगाई माछा मार्ने क्रममा आफैंलाई करेन्ट लागेर घाइते भएका उनको उर्लाबारीस्थित मंगलबारे अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्