Techie IT
शनिबार, असोज १०,२०७७

मृत अवस्थामा फेला


काठमाडौं,भाद्र ४

दाङ, घोराही उपमहानगरपालिका-१० जलौरास्थित हापुर खोलाबाट आएको कुलोमा झारगैरा बस्ने ४२ वर्षीया जुब्री चौधरी बुधबार मृत अवस्थामा फेला परेकी छन् । घरबाट कसैलाई नसोधी निस्किएकी उनी उक्त कुलोमा मृत फेला परेकी हुन् ।

सुनसरी, ईटहरी-१० डुमटकास्थित नालीमा धरान उपमहानगरपालिका-१७ सदुखोला बस्ने ४२ वर्षीय कुमार तामाङ बुधबार मृत अवस्थामा फेला परेका छन् ।

प्यूठान, स्वर्गद्वारी नगरपालिका-४ गोठिबाङस्थित माडीखोलाको बगरमा हाल नाम, थर, वतन, उमेर नखुलेका पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी (पूर्व), बिनयी त्रिबेणी गाउँपालिका-४ कोलटाडी बस्ने ४५ वर्षीय बसन्त सुनार बुधबार मृत अवस्थामा फेला परेका छन् । सोही ठाउँस्थित डुम्रे खोला तर्ने क्रममा उक्त खोलाले बगाएका उनी घटनास्थलबाट करिब ५ सय मिटर टाढा मृत फेला परेका हुन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्