Techie IT
बिहीबार, कात्तिक १३,२०७७

डुबेर मृत्यु


काठमाडौं,भाद्र ४

धनुषा, नगराईन नगरपालिका-२ जटहीस्थित जमुनी खोलामा माछा मार्ने क्रममा डुबेर सर्लाही लालबन्दी नगरपालिका(१५ बस्ने ५६ वर्षीय सुरेन्द्र कार्कीको बुधबार मृत्यु भएको छ ।

मोरङ, रंगेली नगरपलिका-१ बिशाल बजार बस्ने ४९ वर्षीय खड्ग बहादुर मगरको माछा पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने शिबु थापाको माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्