Techie IT
शुक्रबार, असोज ९,२०७७

एम्बुलेन्सबाट खसेर मृत्यु


काठमाडौं,भाद्र ४

दाङको लमही नगरपालिका-७ बनघुर्सीस्थित पूर्वपश्चिम राजमार्गमा भे.१ च १६४५ नम्बरको एम्बुलेन्सबाट खसेर राजपुर गाउँपालिका-७ भैसाही नाका बस्ने ३५ वर्षीया कमला बिकको बुधबार साँझ मृत्यु भएको छ ।

टाउको सम्बन्धी बिरामी भई नर्सिङ होम नेपालगंजमा उपचार गरी घर फर्केने क्रममा एम्बुलेन्सबाट खसेर गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्