कुटपिट अंगभंग मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं,भाद्र ४
कुटपिट अंगभंग मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका-६ बस्ने सोही महानगरपालिका-१७ घर भएका २७ वर्षीय लालु कामतलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत मोरङको २०७४ बैशाख २२ गतेको फैसलाले कुटपिट अंगभंग मुद्दामा २ वर्ष कैद र ५० हजार जरिवाना ठहर भई फरार रहेका उनलाई विराटनगर महानगरपालिका(६ बाट प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत मोरङमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्